
विराटनगर । नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा एमालेले देशभरसँगै विराटनगरमा पनि प्रदर्शन गरेको हो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा उत्रिएका एमाले नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् ।
उनीहरूले जेल ब्रेक गरेर अपराधी भगाउनेलाई कारबाही गर, कर्तव्य पालनाका क्रममा मारिएका सुरक्षाकर्मीलाई न्याय दे लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै छ ।

संगालोखबर 



















