
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारमा सोमबार राती ट्रक दुर्घटना भएर आगो लाग्दा चालकको मृत्यु भएको छ ।
हाइड्रोपावरको सामान बोकेर धरानबाट पाँचथर जाँदै गरेको प्रदेश-१-०२-००१ क ५३६३ नम्बरको लोवेड ट्रक राती करिब ८ः२० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा आगो लागेको हो ।
दुर्घटनामा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकमा चालक राई र तेह्रथुमको म्याङलुङ नगरपालिका-९ घर भएका १८ बर्षीय सहचालक सञ्जीव सङ्ग्रौला सवार थिए । चालक राईको घटनास्थलमै मृत्यु भएपनि सहचालक सङ्ग्रौला भने सकुशल छन् ।
भिडियो…

संगालोखबर 

















