संगालोखबर


विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा त्रासका कारण आज विराटनगरका अधिकांश विद्यालय र कलेज बन्द भएका छन् ।

सुरक्षा जोखिम तथा विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकापछि शैक्षिक संस्थाहरूले पठनपाठन स्थगित गरेका हुन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय गरेको छैन ।

Advertisement

तर सुरक्षा अवस्था र यातायातमा अवरोधको सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूले आफ्नै निर्णयमा पठनपाठन रोकेको जनाइएको छ ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । उक्त घटनामा अन्य नौ जना घाइते भएका छन् । त्यसपछि सोमबार विराटनगरमा समेत प्रदर्शन भएको थियो ।

घटनाको शोकमा देवानगन्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । प्रदर्शन र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रका शैक्षिक संस्थाहरू पनि बन्द छन्।

यसैबीच, सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!