
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट गरी कुल १७ सिट जितेको थियो ।
संसदीय दलको नेता चयन प्रक्रिया सकिएलगत्तै अहिले पेरिसडाँडामा नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । तालिममा संसदीय प्रक्रिया, पार्टीको नीति र आगामी संसद्मा खेल्नुपर्ने भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।

संगालोखबर 



















