संगालोखबर


विराटनगर ।  मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा १० का ५० जना विद्यार्थीहरूको बिदाई गरिएको छ । चैत १९ गतेबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने विद्यार्थीहरूको बिदाई गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, शिक्षकहरू दिनेश बिष्ट, नवराज सुवेदी, बद्री पौडेल लगायतले विद्यार्थीहरूलाई उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन शुभकामना दिएका छन् ।

Advertisement

विद्यालयका प्रधानाध्यापक बानियाँले मेहनतको फल मिठो हुने भन्दै उत्कृष्ट अङ्क ल्याउने मनोबलका साथ परीक्षामा सहभागि हुन आग्रह गरे । सुगम जिल्ला मोरङको पूर्वी उत्तर भेगमा २०२४ सालमा स्थापना भएको विद्यालयको शैक्षिक गुणस्तर उच्च रहेको तथा भौतिक सेवा सुविधा भने अत्यन्तै न्यून रहेको विद्यालयले जनाएको छ ।

अझै पनि पञ्चायतकालीन जस्ता पाताहरूले छाएको भवनमा पठनपाठन भइरहेको दृश्यले विद्यालयलाई दाताहरूको आवश्यकता रहेको विद्यार्थीले बताए । भौतिक संरचना कमजोर भएता पनि शिक्षकहरूको मेहनत र लगनशीलताले प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा आउने गरेको विद्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!