संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगर–१७ मटेरुवाबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-६ का ३४ वर्षीय श्यामप्रसाद साह छन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहलाई नेपाल–भारत सीमानजिक बाट आइतबार दिउँसो पक्राउ गरिएको हो ।

Advertisement

भारतबाट नेपालतर्फ ई–साइकलमा आउँदै गरेका साहलाई शंका लागेर चेकजाँच गर्दा एक हजार दरका ४ सय ५० थान नेपाली नोट बरामद भएको डीएसपी मिश्रले बताए । उनका अनुसार साहले उनको साथबाट बरामद भएको ४ लाख ५० हजार रूपैयाँको स्रोत खुलाउन सकेनन् ।

प्रहरीले स्रोत नखुलेको रकम बरामद गर्दै ई–साइकलसहित नियन्त्रणमा लिएर साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखेको छ । साहबाट बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!