संगालोखबर


विराटनगर । नेकपा एमालेले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि त्यसको विरोधमा एमालेले विराटनगरमा प्रदर्शन गरेको हो ।

पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई एमाले मोरङका उपाध्यक्ष सागर थापा, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतले सम्बोधन गरेका छन् । उनीहरूले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!