
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । सुनिता खड्का नाम गरेकी एक महिलाविरूद्ध हर्क साम्पाङले उजुरी दिएका हुन् ।
‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु’, उनले लेखेका छन् ।
साम्पाङले ती महिलाको टिकटक आइडी समेत समावेश गरेका छन् । कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले भन्दै उनले लेखेका छन् ।


संगालोखबर 



















