संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको थिमेटिक सेसनमा वास्तु र इन्टेरियर डिजाइनबारे छलफल भएको छ ।

विराटनगरस्थित जैन भवनमा सम्पन्न तेस्रो दिनको थिमेटिक सेसनमा विज्ञहरूको उपस्थितिमा ‘स्मार्ट डिजाइन : वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ थिममा अन्तरक्रिया र छलफल भएको हो ।

Advertisement

‘इन्टेरियर डिजाइन अवधारणा : स्पेस प्लानिङ्ग, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोल्दै इन्टेरियर डिजाइनर कृति श्रेष्ठ उपाध्यायले इन्टेरियर डिजाइनिङको अर्थ डिजाइन र डेकोर मात्रै नभएर कला र प्रविधिको सम्मिश्रण भएको बताइन् ।

उनले इन्टेरियर डिजाइनिङले घरलाई सहज, सरल र सुरक्षित बनाउन मदत गर्ने धारणा व्यक्त गरिन् । त्यस्तै ‘आधुनिक घरका लागि वास्तु ः आधारभूत सिद्धान्त र प्रयोग’ शीर्षकमा वास्तुविद् रोज धाडेवाले वास्तु विज्ञानका सिद्धान्त र आधारभूत मान्यता बारे जानकारी गराएका थिए ।

उनले वास्तु विज्ञानमा घर निर्माण भएको दिशा, जमिनको प्रकृति, घरको रङलगायत धेरै कुराले अर्थ राख्ने बताए ।

चैत १२ देखि १६ गते सम्म संचालन हुने प्रदर्शनीको चौथौ दिनको थिमेटिक सेसनमा इन्टेरियर डिजाइन अवधारणा, घर अटोमेसन तथा आधुनिक जीवनशैली, विद्युतीय सुरक्षा, ऊर्जा दक्षता, सोलार घर बारेमा अन्तरक्रिया र छलफल हुने संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!