
विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले एक जनप्रतिनिधि र व्यापारीसहित नौ जना पक्राउ गरेको छ । शनिबार राति विराटनगरस्थित मनोज राठीको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ का वडा सदस्य शेरसिंह दुगड सहित राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, बलराम खत्री, महेश राठी, बजरंग राठी र विनीतलाल लालबनी छन् ।
मोरङ प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट झन्डै एक लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरूमाथि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















