
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनामा अनुसन्धानका लागि शनिबार पक्राउ परेका उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।
जेनजी आन्दोलनका क्रममा भएको झडप र दमनमा हेलचेक्र्याइपूर्वक मानिस मारिएको विषयमा गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर्याउँदै ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सोही जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । सरकारको उक्त निर्णयसँगै लेखकलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको हो ।

संगालोखबर 



















