भोजपुरमा प्रहरीले फाँड्यो आठ हजार बोट गाँजा
भोजपुर । भोजपुरका विभिन्न स्थानमा एक साताको अवधिमा प्रहरीले आठ हजार बोट गाँजा नष्ट गरेको छ । गाँजाका बोट तथा बेर्नाहरू फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
डाँडा पाखामा अवैध रुपमा लगाइएको तथा आफै उम्रेका गाँजाका बोटहरू नष्ट गर्ने अभियान प्रहरीले सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत यो साता हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा करिव ४३ रोपनी क्षेत्रफलको ४ हजार २ सय बो...






























