
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । दुर्घटनामा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको हो ।
गएराति प्र १-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा मोटरसाइकल पछाडि सवार चौधरी गम्भीर घाइते भएका थिए । उनको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकल चालक दुहबी-९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण मोटसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

संगालोखबर 



















