संगालोखबर


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशबाट निर्वाचित सांसदसँग छलफल गरेका छन् । आज कोशीका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले अब सांसदहरूले फाइल बोकेर हिड्‌न आवश्यक नभएको बताएका छन् ।

प्रधानमन्त्री शाहले विकास निर्माणका काम प्रक्रियागत रूपमा हुने बताए ।  उनले यस वर्षलाई सुशासन वर्षका रूपमा अघि बढाउने उल्लेख गरे ।

Advertisement

प्रधानमन्त्री शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग योजना र विकास निर्माणको विषयमा छलफल गरेका थिए । करिब ३ घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!