संगालोखबर


विराटनगर । विराटनगरमा प्रहरी हबल्दारको मृत्यु भएको छ । रोलकलका क्रममा अचानक बिरामी परेका हबल्दार बैजुकुमार सहनीको मृत्यु भएको हो । विराटनगर-६ घर भएका हबल्दारको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सहनी भोजपुरको दोभाने देउराली दरबन्दी भई कोशी प्रदेश प्रहरी गण विराटनगरमा सवारी चालकका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार गणका प्रमुख (एसपी) बाट रोलकल लिने क्रममा साँझ ७ः३० बजेतिर आफूलाई पेट दुखेको भनेर सहनीले जानकारी गराएका थिए ।

Advertisement

तत्काल उपचारका लागि विराटनगरको विराट नर्सिङ लगिएकोमा उपचारकै क्रममा राति ९ः२० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!