संगालोखबर


धनकुटा । धनकुटामा माटोको ढिस्कोले पुरिएका व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आज बिहान १० बजे परिचय मोडस्थित सुमन श्रेष्ठको घरको जग खन्ने क्रममा धनकुटा-१० पारिपात्लेका ३५ वर्षीय रामबहादुर तामाङ माटोको ढिस्कोमा पुरिएका थिए ।

घटनाको जानकारी पाउनसाथ धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीको कमान्डमा खटिएको ३५ जनाको टोलीले उनको उद्धार गरेको हो ।

Advertisement

गम्भीर अवस्थामा उद्धार गरिएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । उनको अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!