
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बोर्डले युनियन भंग गरेको हो ।
युनियनका अध्यक्ष राजु आलियाले आज जारी गरेको सूचना अनुसार यो युनियन आजैदेखि भंग भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरूमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ सम्बन्धी निर्णय उल्लेख छ ।
राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले उक्त सरकारी निर्णयलाई स्वागत गर्दै आफ्नो संरचना विघटन गर्ने निर्णय गरेको हो ।

संगालोखबर 



















