जनप्रतिनिधिकै मिलेमतोमा रातारात नेताका आफन्तलाई कोरोना खोप लगाइदै
विराटनगर । मध्यरातमा कोरोनाविरुद्धको खोप बोकेर नेपाली कांग्रेशका कार्यकर्ताको घर पुगेपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली विवादमा तानिएको घटना सेलाउन नपाउँदै मोरङमा खोप मनोमानीको अर्को घटना बाहिरिएको छ ।
प्राथमिकतामा राखिएका लक्षित बर्गलाई खोपको अभाव भइरहेका बेला सुन्दरहरैंचाका एक स्वास्थ्य कर्मचारीको निजी मेडिकलमा लगेर जनप्रतिनिधिका आफन्त तथा नेताहरुलाई खोप लगाइको घटना बाहिरिएको हो । म...



















