
विराटनगर । सुनसरी घटनापछि मोरङ जिल्लामा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जिल्लाभर डीजे बजाउन तथा प्रयोग गर्न रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचना अनुसार जिल्लाभित्र हुने कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण, सार्वजनिक स्थान तथा अन्य कार्यक्रममा डिजेको प्रयोग गर्न रोक लगाइएको उल्लेख छ ।
प्रशासनले जिल्लाको शान्ति-सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ । सूचनामा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग पूर्णरूपमा निषेध गरिएको उल्लेख छ ।
कसैले यो सूचनाको उल्लङ्घन गरी डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।

संगालोखबर 

















