संगालोखबर


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका पूर्वऊर्जामन्त्री एवं काँग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । उनलाई आज बिहान त्रिवि शिक्षण अस्पताल भनाए गरिएको हो ।

आइतबार पक्राउ परेका खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । खड्कालाई त्रिविको १०२९ बेड नम्बरमा भर्ना गरिएको छ ।

Advertisement

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो ,

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!