
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । एमाले कोशी प्रदेशले अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।
सरकारको यस्तो प्रतिशोधपूर्ण कार्य तत्काल बन्द नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा कथित ‘कार्की आयोग’ को प्रतिवेदन कार्यान्वयनको बहानामा सरकारले राजनीतिक प्रतिशोध साँधेको उल्लेख छ ।
एमालेले वर्तमान सरकारलाई ‘अराजनीतिक दलको सरकार’ र ‘गैरसंवैधानिक’ संज्ञा दिँदै यो कदमले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनी दिएको छ ।
‘भदौ २३ गतेको शान्तिपूर्ण युवा आन्दोलनलाई योजनाबद्ध रूपमा हाइज्याक गरी जननिर्वाचित सरकार र संसद् विघटन गरेर बनेको सरकारले लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार सुरु गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

संगालोखबर 



















