संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास स्थिति पर्यटकीय स्थल संसारी सिमसार क्षेत्रमा साहित्यको वर्षा भएको छ । साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले शनिबार पाख्रीबास कला साहित्य समाजको आयोजना रचना वाचन कार्यक्रम आयोजना गरिएको हो ।

धनकुटामा पछिल्लो समय कवि तथा साहित्यकारहरूको बाक्लो उपस्थित हुन थालेको छ । कार्यक्रममा करिब तीन दर्जन कवि तथा साहित्यकारहरूले रचना वाचन गरेको थिए ।

Advertisement

उनीहरूले गजल, मुक्तक, छन्द कविता, लघुकथा र गद्य कविता लगायत वाचन गरेका थिए । साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पाख्रीबास कला साहित्य समाजका सचिव ध्रुव एलेक्सले जानकारी दिए ।

पछिल्लो समय साहित्यिक पर्यटनलाई वृद्धि गर्न र नवसर्जकलाई आकर्षण गर्ने उद्देश्यले पनि कार्यक्रम गरिएको आयोजकले जनाएको छ । यसले पर्यटकीय क्षेत्रमा साहित्यिक पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा धनकुटासहित छिमेकी जिल्ला तेह्रथुम, संखुवसभा र भोजपुरलगायतका जिल्लाका कवि तथा साहित्यकारहरूको उपस्थिति थियो । पाख्रीबासमा प्रत्येक दुई महिनामा साहित्यिक कार्यक्रमको आयोजना गरिदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!