सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए
विराटनगर । विराटनगरस्थित एक होटलमा सुनसरीका म्यानपावर व्यवसायी आज बिहान मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ का २८ वर्षीय राजीव फुयाँल विराटनगर–११ स्थित होटलमा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी पछि सा...






























