संगालोखबर


विराटनगर । महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी-३ मङ्गलबारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उर्लाबारी-८ का २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो ।

गएराति निर्माणाधीन कल्भर्टमा स्कुटर ठोक्किँदा लिम्बु घाइते भएका थिए । दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर ल्याइएको थियो ।

Advertisement

उनको उपचारका क्रममा नोवेल अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!