विराटनगर । आज सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।