संगालोखबर


विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ थुकिमाको सिङथाप टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । खोले पकाउने चुल्होबाट सल्किएको आगोले स्थानीय सन्तोष तामाङको काठ र जस्तापाताले बनेको दुई तले घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट घरभित्र राखिएको खाद्यान्न, सुनका गरगहना, ७० हजार नगद र अन्य सामग्री जलेका छन् ।हावाहुरीको समय भएकाले सावधानी अपनाएर आगो बाल्न र काम सकिएपछि तत्कालै निभाउन प्रहरीले आग्रह गरेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!