विराटनगर । मकवानपुरमा ग्यास बुलेट र ट्रक ठोक्किएर दुर्घटना भएको छ । हेटौडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम सडक खण्डमा आज बिहान भारतीय ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्याम अर्यालका अनुसार वीरगन्जबाट धार्के आउँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको भारतीय ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ९४८१ नम्बरको ट्रक ठोक्किएर सडक किनारमा पल्टिएका छन् ।
दुर्घटनामा मानवीय क्षति नभएको डीएसपी अर्यालले जानकारी दिए । दुर्घटनाका कारण सवारी आवागमनमा कुनै समस्या नभएको उनको भनाइ छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।