संगालोखबर
फाइल तस्बिर

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका-७ मा मङ्गलबार दिउँसो भएको आगलागीबाट एक करोड २२ लाख बराबरको क्षति भएको हो ।

शरण कुमार राईको घरबाट विद्युत सर्ट भएर लागेको आगोले छिमेकी सर्वधन राई र कालुमान राईको घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै अन्य चार घरमा समेत आंशिक क्षति पुगेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी र तीन वटा दमकलको सहयोगमा साँझ पाँच बजे पूर्णरूपमा आगो नियन्त्रणमा लिएको थियो ।

धेरैजसो आगलागीका घटनाहरू मानवीय त्रुटीका कारण हुने गरेको भन्दै सचेतना अपनाउन कोशी प्रदेश प्रहरी कार्यालयले आग्रह समेत गरेको छ । आगलागीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!