विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट सुरु हुँदैछ । विराटनगरको होटल मनास्लु इनमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले गर्नेछन् ।
यसअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी भएपनि ओली नआउने भएपछि पोखरेलले उद्घाटन गर्ने भएका हुन् ।
महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् । चौतारीको नयाँ नेतृत्व चयनका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।