
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई भक्तपुरमा मृत भेटिएका छन् ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा उनी मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनको दाहिने कानको छेउ र टाउकोमा चोट लागेको छ ।
उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनी कवाडीको सामान सङ्कलन गर्ने व्यक्ति रहेको खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।