विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टलाई ४३ मतान्तरले पराजित गर्दै यादव स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।
क्रान्तिकारीका यादवले १११८ मत ल्याएर निर्वाचित हुँदा नेविसंघका विष्टले १ हजार ७५ मत पाएका छन् । अनेरास्ववियुका अनिष बोगटीले २३२ मत ल्याएका छन् । सचिवमा नेपाल विद्यार्थी संघकी सुदिक्षा थापा मगर विजयी भएकी छन् ।
उनले ७४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका राकेश कुमार यादवले ५ सय ८८ मत ल्याएका छन् । कोषाध्यक्षमा पनि नेपाल विद्यार्थी संघका रोशनकुमार पासवान विजयी भएका छन् । उनले ८ सय ९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका राजिव यादवले ८ सय २७ मत पाएका छन् ।
५ हजार ९ सय ८४ मतदाता रहेको महेन्द्र मोरङ क्याम्पसमा २ हजार ६ सय ३१ मत खसेको थियो ।