
विराटनगर । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर केपिलासगढी गाउँपालिका-७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पानी परेपछि बिहान करिब ४ः३० बजे महिला आँगनमा राखेको सामान उठाउन गएकी थिइन् । सोही क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।