विराटनगर । महोत्तरीमा पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ परेकी छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या आरोपमा उनकै पत्नी सिर्जना महतो पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सिर्जनालाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ । गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ को सागरनाथ वन विकास परियोजनाको जंगलमा शिवशंकरको शव फेला परेको थियो ।
प्रहरीका अनुसार पत्नीसँग ससुराली जाँदै गरेका उनको टाउकोमा खुकुरी प्रहार गरिएको र अनुहार जलाइएको अवस्थामा शव फेला परेको थियो । घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनको हत्याको कारण खुल्न बाँकी छ ।