संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ त्रिवेणी घाटबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सहिदभूमि-१ का ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई र ३२ वर्षीय नगेन्द्र राई पक्राउ परेका हुन् ।

बिहीबार दिउँसो पोखरेतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनीहरूको साथबाट एक सय ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!