संगालोखबर


विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज नौ सय रुपैयाँले घटेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।

Advertisement

शुक्रबार प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आज चाँदीको मूल्य १५ रुपैयाँले कम हो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!