विराटनगर । सुनको मूल्य स्थिर रहेको छ । दुई दिनसम्म नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ७६ हजार रुपैयाँ कायम भएको छ । सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।