विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला नौ सय रुपैयाँले घटेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।