संगालोखबर


विराटनगर । कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय भएको छ ।

Advertisement

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि एक करोड २८ लाख ६० हजार रकम बाँडफाँड गर्न स्वीकृत प्रदान गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँडको अनुमान सीमा एक अर्ब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।

आजको बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि एक करोड ५० लाख बाँडफाँड गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिए । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले  स्वीकृत गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!