
विराटनगर । ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार आठराई गाउँपालिका-१ का ५७ वर्षीय सुरेन्द्र तामाङको आज दिउँसो मृत्यु भएको हो ।
बारीमा बालेको आगो एक्कासि ठूलो बलेर खुट्टामा पोलेपछि उनी भागेका थिए । भाग्ने क्रममा बारीको डिलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी बारीको डिलबाट करिब ८ मिटर तल खसेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।