सांकेतिक तस्वीर

विराटनगर । धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटा नगरपालिका-७ जिरोपोइन्टबाट २१ वर्षीय रविन राई र १८ वर्षीय रोशन मल्लिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ट्रामोल दुई सय पाँच क्याप्सुल, स्पास्मो एक सय २५ चक्की र डिकोलिक ५९ चक्की बरामद गरेको छ ।

Advertisement

यसैगरी झापाको मेचिनगर नगरपालिका-६ बाट मोरङको कानेपोखरी गाउँपालिका-६ का २४ वर्षीय अविन्द्र लिम्बु एक ग्राम चार सय ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!