ताप्लेजुङमा फेरि भूकम्प
ताप्लेजुङ । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर आज अपराह्न भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अपराह्न ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको...






























