भोजपुरको अरुण गाउँपालिकामा बुधबार शोक बिदा
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले पूर्व वडाध्यक्षको निधनमा शोक बिदा दिएको छ । वडा नम्बर-५ याकुका पूर्व वडाध्यक्ष तथा विश्वप्रेमी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ध्यानबहादुर राईको निधन भएपछि गाउँपालिकाले बुधबार शोक बिदा दिएको हो ।
आज गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एक सूचना जारी गर्दै राईको निधन प्रति सिङ्गो गाउँपालिका नै स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।
बुधबार अत्यावश्य...































