संगालोखबर


धनकुटा । १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधिका लागि उदयपुरको गाइघाट फुटबल क्लब र नमोबुद्ध क्लब सप्तरी आमनेसामने हुँदैछन् ।

धनकुटाको तल्लो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।

Advertisement

गाइघाटले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने बिर्तामोड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध फाइनल भिडन्तमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सबैभन्दा बढी गोल गर्ने खेलाडी, म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडी लाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण संगालोखबरबाट हेर्न सक्नुहुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!