संगालोखबर


विराटनगर । आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् ।

हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

Advertisement

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार रामनवमी पर्वको महत्व रामजस्तै मर्यादित, अनुशासित र राज्य सञ्चालकको कौशलतासँग जोडिएको छ ।

रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ ।

मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!