संगालोखबर
तस्बिर : एआईको सहयोगमा

धनकुटा । धनकुटाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । छथर जोरपाटी गाँपालिका-३ करुन्नेका २८ वर्षीय रामकृष्ण लिम्बु एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

आज बिहान ९ः३० बजेको समयमा गोप्य सूचनाका आधारमा प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षक खड्ग गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार बन्दुकमा बारुद पनि लोड गरिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!