संगालोखबर

विराटनगर । पाँचथरमा डढेलोमा जलेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका-३ ताम्राखु जङ्गलमा लागेको ढडेलोमा परेर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएका छन् ।

Advertisement

उनलाई तत्काल उद्धार गरेर उपचारका लागि धरानतर्फ लग्दै गर्दा धनकुटाको भेडेटारमा मृत्यु भएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहले संगालोखबरलाई जानकारी दिए ।

डढेलोमा परेर स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे पनि गम्भिर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

यस्तै कुम्मायक-१ खाल्डेमा लागेको आगो निभाउन गएका सोही स्थानका ३१ वर्षीय खगेन्द्र विश्वकर्मा लडेर घाइते भएका छन् ।

फिदिम नगरपालिका-१३ मा भएको आगलागीमा परेकी ४७ वर्षीया उषाकला राई नेम्बाङ पनि घाइते भएकी छन् । उनलाई पनि उपचारका लागि धरान पठाइएको छ । उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!