संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नाबालक घाइते भएका छन् । दुर्घटनामा परेर सोताङ-५ की ३२ वर्षीया सरिता राईको मृत्यु भएको हो भने उनको १८ महिने छोरा रेवन राई सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार सडकबाट करिब सय मिटर तल अड्किएकी उनलाई उद्धार गरेर उपचारका लागि सोताङ प्राथमिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

जुकेस्थित भित्री कच्ची सडक खण्डमा रोकेर सामान झार्ने क्रममा बोलेरो चिप्लिएर सडकबाट करिब तीन सय मिटर तल भीरमा खसेको थियो । बोलेरोमा सवार चार जना मध्ये दुई जना सकुशल रहेका प्रहरीले जनाएको छ ।

चालक ४३ वर्षीय प्रेम राईलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!