संगालोखबर

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानकी ७७ वर्षीया मनमाया गिरीको मृत्यु भएको हो ।

Advertisement

बिहीबार साँझ मदन भण्डारी लोकमार्गअन्तर्गत पकलीबाट चतरातर्फ जाँदै गरेको प्र १-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलले वृद्धालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका-५ का ३३ वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!