संगालोखबर


विराटनगर । धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछन् ।

आजको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब, झापा र नमोबुद्ध युथ फुटबल क्लब, सप्तरी आमनेसामने हुनेछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ः३० बजेबाट खेल सुरु हुनेछ ।

Advertisement

तेस्रो क्वार्टरफाइनलमा काठमाडौंको चित्लाङ्ग फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड सेमिफाइनल पुगेको हो । यस्तै उद्‌घाटन खेलमा आयोजक धनकुटालाई ३-१ गोल अन्तरले हराउँदै नमोबुद्धले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

चैत २३ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सबैभन्दा बढी गोल गर्ने खेलाडी, म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडी लाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण संगालोखबरबाट हेर्न सक्नुहुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!