टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

विराटनगर । नेपाल टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने भएको छ । बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि राति सेवा  प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ । सूचना जारी गर्दै टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाइएको छ । उक्त समयमा मोबाइल भ्वाइस,...
कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

विराटनगर । प्रदेशमा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँसँग समझदारी गरेको छ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोष र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रदेशका विभिन्न जिल्लाका गरी १२ कक्षा उत्तीर्ण करिब एक हजारजना युवालाई तालिम दिई यसै वर्ष अनलाइन रोजगारी दिने प्रदेश सरकारको तयारी छ । यो समझदारीले सरकारको उक्त योजनालाई मद्द...
प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

झापा । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा मुद्दती खातामा जम्मा गरिएको एक करोड रुपैयाँभन्दा बढी रकम ‘गायब’ भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । मुद्दती खाताको अवधि पूरा भएपछि रकम निकाल्न बैंक जाँदा खातामा रकम नै नरहेको पाइएपछि बचतकर्ता चकित भएका थिए । उक्त बैङ्कको शाखामा बिर्तामोड नगरपालिका–७ की मञ्जु नेपालको नाममा खातामा २०२४ जनवरी १६ मा ६ महिनाका लागि एक करोड १० लाख ४३ ह...
शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

विराटनगर । शास्त्रीय संगीतमा देश, विदेशमा ख्याति कमाएका सङ्गीतकार एवं गायक गुरूदेव कामतको निधन भएको छ । आज बिहान ६ बजे जन्मथलो सिरहाको लक्ष्मणपुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा उनको निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौँ बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका...
उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार

उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार

विराटनगर । उपचारका लागि अस्पताल लगिएका जिल्ला कारागार मोरङका एकजना कैदी अस्पतालबाटै फरार भएका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमद आज बिहान फरार भएका हुन् । पेट दुख्ने समस्या भएपछि उनलाई उपचारका लागि दुई दिनअघि कोशी अस्पतालमा भर्ना गरिएको थियो । निगरानीका लागि राखिएका प्रहरीलाई छलेर उनी अस्पतालबाटै फरार भएका थिए । कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार उनको खोजी भइर...
अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलमा प्रतिनिधित्व सुनिश्चित गर्न माग

अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलमा प्रतिनिधित्व सुनिश्चित गर्न माग

विराटनगर । राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिहरूको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ । नेत्रहीन युवा सङ्घ मोरङले विराटनगरमा गरेको अन्तरक्रियाका सहभागीले प्रभावकारी सहभागितामा जोड दिएका हुन् । कार्यक्रममा दलहरूमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाल...
उर्लाबारीका युवकको हत्यामा संलग्न पक्राउ

उर्लाबारीका युवकको हत्यामा संलग्न पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्नलाई प्रहरीले आज अपराह्न पक्राउ गरेको छ । उर्लाबारी–५ का ३५ वर्षीय सुभाष तामाङलाई प्रहरीले सुन्दरहरैँचा–४ बाट पक्राउ गरेको हो । को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोस्ट गछियाका असई किशोर निरौला नेतृत्वको टोलीले पक्राउ गरेर तामाङलाई इल...
धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित

धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित

सुनसरी । धरान उपमहानगरपालिकामा खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गरेका छन् । शुल्क वृद्धिविरुद्ध उनीहरूले आन्दोलनको घोषणा गरेका छन् । धरानमा क्रियाशील १० राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै यसअघि धरान खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको सुनुवाइ नभएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । चालु आर्थिक वर्...
पेरिस ओलम्पिकः इजरायलका खेलाडीसँग पराजित भए दाहाल

पेरिस ओलम्पिकः इजरायलका खेलाडीसँग पराजित भए दाहाल

विराटनगर । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन् । पुरुष एकलतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा आज प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०–२१ ले पराजित भए । त्यसअघि प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २–० को सोझो सेटमा पराजित भएका थिए । ...
इटहरीका युवक काठमाडौँमा बसभित्र मृत भेटिए

इटहरीका युवक काठमाडौँमा बसभित्र मृत भेटिए

सुनसरी । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र सुनसरीको इटहरीका एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी न...
झापाको काँकडभिट्टामा थुनुवाको मृत्यु

झापाको काँकडभिट्टामा थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एकजना थुनुवाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । लागूपदार्थ सम्बन्धी मुद्दामा थुनामा रहेका मेचीनगर नगरपालिका–७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका खड्काको धुलाबारीस्थित आम्दा–मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्र...
भोजपुरमा बाढीले बगाएर जलविद्युत आयोजनाका दुईजना कामदार बेपत्ता

भोजपुरमा बाढीले बगाएर जलविद्युत आयोजनाका दुईजना कामदार बेपत्ता

भोजपुर । इखुवा खोलामा आएको बाढीले बगाएर साल्पा सिलिचो गाउँपालिका–४ मा दुईजना कामदार बेपत्ता भएका छन् । बाढीले इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुईजना कामदार बेपत्ता भएका हुन् । प्रहरीका अनुसार सुतिरहेको अवस्थामा मध्य रातितिर आएको बाढीले तीनजनालाई बगाएको थियो । एकजना भने पौडिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । बाढीले बगाएर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का श्यामकुमार थारु र रमेश थारु ब...
मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाइते भएका दाहाललाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका उनको गएराति मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतक...
बालिकालाई यौन दुर्व्यवहार गर्ने विद्यालयका सुरक्षा गार्ड पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गर्ने विद्यालयका सुरक्षा गार्ड पक्राउ

झापा । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड पक्राउ परेका छन् । प्रहरीका अनुसार ७० वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे उक्त अभियोगमा पक्राउ परेका हुन् । बिर्तामोड नगरपालिका–४ निवासी पाण्डे पूर्वप्रहरी हुन् । पछिल्लो समय उनी उक्त विद्यालयमा सुरक्षा गार्डको काम गर्दै आएका थिए । कराते खेल सिक्न विद्यालय पुगेकी ९ वर्षीया बालिकालाई उन...
नेपाली पौडीबाज शाहले बनाए पेरिस ओलम्पिकमा कीर्तिमान

नेपाली पौडीबाज शाहले बनाए पेरिस ओलम्पिकमा कीर्तिमान

विराटनगर । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । केही बेरअघि सम्पन्न पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दूरी पार गरेका थिए । यसअघि उनकै नाममा ५२ः१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त इभेन्टमा ८९ पौडीबाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस...
बुबाको काजकिरिया कर्ममा बसेका छोराको मृत्यु

बुबाको काजकिरिया कर्ममा बसेका छोराको मृत्यु

झापा । आफ्ना दिवङ्गत बुबाको शोकमा रहेका झापाको शिवसताक्षीका एक व्यक्तिको काजकिरिया कर्ममा बसेका बेला मृत्यु भएको छ । उनको मृत्युपछि परिवारमा दोहोरो शोक थपिएको छ । शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय गणेश घिमिरेको यस्तो अवस्थामा मृत्यु भएको हो । बुबाको १३ दिने कर्मका लागि बसेका उनको आठौँ दिनमा सोमबार बेलुका मृत्यु भएको हो । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनका बुबा दिलबहादुर घिमिरेको सा...
लागूऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित ९ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की २७ वर्षीया एलिसा महतो, मोरङको रतुवामाईका २० वर्षीय असिम माझी र मोरङको रङ्गेली घर भई हाल सुन्दरहरैँचा–९ बस्ने १९ वर्षीय अभिषेक दमाइ महतरा पक्राउ परेका हुन् । यसैगरी, सुन्दरहरैँचाकै १८ वर्षीय सुशान्त विश्वकर्...
नेपाली पौडीबाज शाह आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

नेपाली पौडीबाज शाह आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

विराटनगर । पेरिस ओलम्पिक–२०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ ।  उनले गत फेब्र...
किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

झापा । झापाको भद्रपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो अपराह्‍न उनलाई पक्राउ गरेको हो । साहले साहले ती किशोरीलाई अनेक प्रलोभन देखाई भद्रपुर–७ स्थित मौसम होटल एण्ड लजमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । ...
सांसद शर्मालाई धनकुटेलीको सम्मान

सांसद शर्मालाई धनकुटेलीको सम्मान

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले स्वास्थ्यसहित विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले उनलाई सम्मान गरेको हो । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई र सम्पर्क समितिका निवर्तमान कोषाध्यक्ष राजेश्वरवहादुर श्रेष्ठले सांसद शर्मालाई खादा, माला ...
पेरिस ओलम्पिकः ब्याडमिन्टनमा आयरल्याण्डका खेलाडीसँग प्रिन्स दाहाल पराजित

पेरिस ओलम्पिकः ब्याडमिन्टनमा आयरल्याण्डका खेलाडीसँग प्रिन्स दाहाल पराजित

विराटनगर । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को खेलमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा आज भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्याण्डका हात गुयेनसँग उनी पराजित भएका हुन् । गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिने...
कोशी सरकारः मन्त्रीका आकांक्षी धेरै भएपछि काङ्ग्रेसले बनायो मापदण्ड

कोशी सरकारः मन्त्रीका आकांक्षी धेरै भएपछि काङ्ग्रेसले बनायो मापदण्ड

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली काङ्ग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरुको सङ्ख्या धेरै भएपछि प्रदेश समितिले टुङ्गो लगाउन सकेको छैन । मन्त्रीहरूको अन्तिम टुंगो प्रदेश समितिसँग परामर्श गरी पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले लगाउने नेताहरूले बताएका छन् । यसका लागि पार्टीको कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि मापदण्ड बनाएर त्य...
डा. रूइत र शंकराचार्य पीठलाई नगेन्द्रप्रसाद-आशालता पुरस्कार

डा. रूइत र शंकराचार्य पीठलाई नगेन्द्रप्रसाद-आशालता पुरस्कार

विराटनगर । विराटनगरको नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले एकजना चिकित्सक र एउटा संस्थालाई २०८० सालका दुई पुरस्कार दिने निर्णय गरेको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । यसैगरी, नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार झापाको शङ्कराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालालाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको...
क्यानाडा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेको आरोपमा झापाका युवक पक्राउ

क्यानाडा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेको आरोपमा झापाका युवक पक्राउ

काठमाडौँ । क्यानाडा पठाइदिने भन्दै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा झापाका एक युवक पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले क्यान...
केन्द्रमा जस्तै आलोपालो गरेर अघि बढ्छौंः मुख्यमन्त्री कार्की

केन्द्रमा जस्तै आलोपालो गरेर अघि बढ्छौंः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा बनेको समीकरण अनुसारै अघि बढ्ने बताएका छन् । पछिल्लोपटक बनेको समीकरणका आधारमा अघि जाने भन्ने कुरा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच सहमति भएको उनको भनाइ छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । ‘कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा चाहिँ राजनीतिक कुराहरू माथ...
उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–९ मा मे ९ प ५५७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराज रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई घाइते भएका छन् । उनक...
विराटनगरमा सहपाठीको कुटाइले विद्यार्थी घाइते

विराटनगरमा सहपाठीको कुटाइले विद्यार्थी घाइते

विराटनगर । विराटनगरमा विद्यार्थीहरूबीच गएराति कुटाकुट हुँदा एकजना घाइते भएका छन् । कुटपिटबाट बाराको कलैया नगरपालिका–१३ घर भइ विराटनगर–१ मा बस्दै आएका २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहा घाइते भएको प्रहरीले जनाएको छ । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार विराटनगर–१ स...
पोखरामा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु

पोखरामा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती बिक र उनका ५ वर्षीय छोरा प्रिन्स बिक छन् । गम्भीर घाइते भएका उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–२१ कृस्तीमा उक्त विद्यालयको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा...
पूर्व फुटबलर गम्भीर राईको निधन

पूर्व फुटबलर गम्भीर राईको निधन

झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढी निवासी पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा गएराति निधन भएको हो । मधुमेह रोगबाट पीडित राई लामो समयदेखि औषधि सेवन गरिरहेका थिए । २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी अन्डर–१६, अन्डर–१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । न्यू रोड टिम (एन...
क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

विराटनगर । क्यान्सर जितेकाहरूलाई विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिम दिइएको छ । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई तालिम दिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्...
धनकुटाका दुई युवा ११६ किलो गाँजासहित सुनसरीमा पक्राउ

धनकुटाका दुई युवा ११६ किलो गाँजासहित सुनसरीमा पक्राउ

विराटनगर । सुनसरीको इनरुवाबाट ११६ किलो गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । इनरूवा नगरपालिका–९ बबिया चोकबाट आज अपराह्‍न गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बूलाई पक्राउ गरिएको हो । गाँजा ओसारिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीको टोलीले निगरानी गरेको थियो । त्यस क्रममा धनकुटाबाट...
error: Content is protected !!