संगालोखबर


विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका-३ मा डढेलो बस्तीमा सल्कँदा ४६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरगोठसँगै पशुचौपाया र अन्य सामग्री जलेर नष्ट हुँदा ४६ लाख ५० हजार बराबरको क्षति भएको हो ।

कुम्मायक-३ का ७५ वर्षीय भीम बहादुर थापाको फुसको छानो भएको दुई तले घर जल्दा पाँच लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडावर्तन लगायतका सामान जलेका छन् ।

Advertisement

सोही स्थानका ५५ वर्षीय डम्बर बहादुर कार्कीको फुसको छानो भएको तीन तले, एक तले ग्वाली तथा  एक तले बाख्राको खोरसहित नौ वटा खसीबाख्रा, एउटा गोरु,  १० मुरी मकै, तीन तोला सुनलगायतका सामान जल्दा २० लाख बराबरको क्षति भएको पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहले जानकारी दिए ।

यस्तै ३५ वर्षीय मोहन कार्कीको दुई तले ग्वाली घर, १० मुरी मकैलगायतका सामान जल्दा तीन लाख बराबरको क्षति भएको छ । ६० वर्षीया भीममाया याक्सोको एक तले गोठ र एक तले भान्छा घरसहित अन्य सामान जल्दा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही स्थानका ४० वर्षीया रामकृष्ण कार्कीको काठको खम्बा र टिनको छानो भएको एक तले खाली घर पूर्णरूपमा जल्दा दुई लाख बराबरको क्षति भएको छ ।

३८ वर्षीया जगत कार्कीको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीन तले खाली घर पूर्णरूपमा जल्दा पाँच लाख बराबरको क्षति भएको छ । सोही स्थानका ४० वर्षीया टिका कार्कीको एक तले घर पूर्णरूपमा जल्दा एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी ७५ वर्षीय शम्भु प्रसाद गजुरेलको तीन तले खाली घर र दुई तले ग्वाली पूर्णरूपमा जल्दा सात लाख बराबरको क्षति भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!